अन्ततः राजीनामा दिन तयार भइन् उपसभामुख तुम्बाहाङ्फे « Khabarhub

अन्ततः राजीनामा दिन तयार भइन् उपसभामुख तुम्बाहाङ्फे


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिबमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् ।

खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् ।

उपसभामुख तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ । उपसभामुख तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै राजीनामा दिने तयारी गरेकी छन् ।

उपसभामुखका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार तुम्बाहाङफेले राजीनामा दिने निश्चित भइसकेको छ । ‘उहाँले राजीनामा दिने भनेर तयारी गरिसक्नु भएको छ,’ अधिकारीले खबरहबसँग भने, ‘सम्भवतः प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै उहाँले राजीनामा दिनु हुन्छ होला ।’

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ । उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएमा सोमबार बस्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने गरी तयारी भएको संघीय संसद सचिवालयका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ११ : १७ बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि