गोसाइँकुण्ड गएका तीन जना शुक्रवारदेखि सम्पर्क विहीन « Khabarhub

गोसाइँकुण्ड गएका तीन जना शुक्रवारदेखि सम्पर्क विहीन


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–रसुवाको गोसाइँकुण्ड पदयात्रामा गएका तीन जना पर्यटक हिमपातका कारण तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

काठमाडौंको गोकर्णेश्वर–७ का १९ वर्षीय जापान तामाङ र उनका दुई जना साथी सम्पर्कविहीन भएका हुन् । उनीहरू नुवाकोटको दुप्चेश्वर–१ फेदीबाट सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

शुक्रबारसम्म सम्पर्कमा रहेका उनीहरुले परिवारका सदस्यलाई फेदी भन्ने स्थानमा बसेको र लगातार हिउँ परिरहेको जानकारी गराएका थिए ।

खोजीका लागि शनिबार र आइतवार दुई वटा हेलिकोप्टर परिचालन गरिएको भएपनि उनीहरुको अवस्थाबारे जानकारी प्राप्त नभएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : ३७ बजे

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि