चक्कु प्रहार गरी युवकको हत्या गर्ने ३ जना पक्राउ « Khabarhub

चक्कु प्रहार गरी युवकको हत्या गर्ने ३ जना पक्राउ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– चक्कु प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

गत पुस २० गते साँझ ५ बजेतिर वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ वर्षीय सुरेन्द्र सहनीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–११ घर भएका २२ वर्षी अजय कुमार साह, सोही ठाउँका २० वर्षी कृष्ण कुमार गुप्ता र २० वर्षकै राजन साह कानु छन् ।

प्रहरीका अनुसार उनीहरुले चक्कु प्रहार गरी सुरेन्द्रको हत्या गरेका थिए ।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तब्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको