चक्कु प्रहार गरी युवकको हत्या गर्ने ३ जना पक्राउ « Khabarhub

चक्कु प्रहार गरी युवकको हत्या गर्ने ३ जना पक्राउ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– चक्कु प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

गत पुस २० गते साँझ ५ बजेतिर वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ वर्षीय सुरेन्द्र सहनीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–११ घर भएका २२ वर्षी अजय कुमार साह, सोही ठाउँका २० वर्षी कृष्ण कुमार गुप्ता र २० वर्षकै राजन साह कानु छन् ।

प्रहरीका अनुसार उनीहरुले चक्कु प्रहार गरी सुरेन्द्रको हत्या गरेका थिए ।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तब्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : ४७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई