सभामुख चयनका लागि माघ १२ गते निर्वाचन « Khabarhub

सभामुख चयनका लागि माघ १२ गते निर्वाचन


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।

सोमबार(आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने बारे दलहरुबीच सहमति भएको हो ।

समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले माघ १२ गते सभामुखको निर्वाचन गर्ने सहमति भएको बताए । उनले भने ‘सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ ।’

सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

सभामुखका लागि सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने आजै उपसभामुख शिवमाया तुम्बाहाङ्फेल पदबाट राजीनामा दिएकी छिन् । एकै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : ३५ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा