च्यासललाई हराउँदै ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो आर्मी « Khabarhub

च्यासललाई हराउँदै ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो आर्मी


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ५ औं जीत हात पारेको छ। च्यासल युवा क्लबविरुद्ध जीत हात पारेको आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ।

आर्मीका लागि स्टार स्टाइकर भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । च्यासल र आर्मीबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी भएको थियो। तर, दोस्रो हाफमा आर्मीका लागि कप्तान खवासले गोल गर्दै च्यासलबिरुद्व १-० गोलको अग्रता बनाएका थिए।

योसँगै खवासको ए डिभिजन लिगमा ४७ औं  गोल भएको छ। खवासले खेलको ५८ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा रक्षात्मक बनेको च्यासलबिरुद्व आर्मीका नवयुग श्रेष्ठले ७३ औं मिनेटमा गोल गर्दै टीमलाई २-० गोलको अग्रता दिलाएका थिए।
खेलको ८४ औं मिनेटमा च्यासलका रक्षक छिरिङ गुरुङले आर्मीका सुमन अर्याललाई पेनाल्टी क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो।

पेनाल्टी प्रहार गर्न आएका सन्तोष तामाङले ८४ औं मिनेटमा आर्मीका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयमा आर्मीले पेनाल्टी पाएपनि नवयुग गोल गर्न चुकेका थिए ।

जीतसँगै आर्मी ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ भने पराजित च्यासल ६ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

आर्मी लिगको शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा समान १३ अंक भएका मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब छन् भने चौथोमा ११ अंक बनाएको थ्री स्टार क्लब रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : ०५ बजे

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित

कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा