कान्ति बाल अस्पतालले ब्लड बैंक सेवा पुनः सञ्चालनमा ल्याउँदै « Khabarhub

कान्ति बाल अस्पतालले ब्लड बैंक सेवा पुनः सञ्चालनमा ल्याउँदै


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्ति बाल अस्पतालले ब्लड बैंक सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ । राउन्ड टेबल नेपालको सहकार्यमा कान्तिले ब्लड बैंक सेवालाई पुनः सञ्चालनमा ल्याउने भएको हो ।

राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच ब्लड बैंक सञ्चालनमा ल्याउने विषयमा सम्झौता भएको हो। उक्त सम्झैता अनुरुप राउन्ड टेबलले ६ जना स्वयसेवकलाई लाग्ने खर्च ब्यहोर्ने उल्लेख गरेको छ ।

रगतको सहज उपलब्धताका लागि ब्लडबैंक सञ्चालनमा ल्याउन लागिएको अस्पतालले जनाएको छ । यस कार्यले अस्पतालमा सेवा लिन आउने लाखौं बच्चाहरुकाको हित हुने बिश्वास लिइएको छ।

राउन्ड टेबल नेपालले अस्पतलाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ।

राउन्ड टेबल नेपालले बाल बालिकाहरुको बृहत्तर हित, गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : २४ बजे

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा