कान्ति बाल अस्पतालले ब्लड बैंक सेवा पुनः सञ्चालनमा ल्याउँदै « Khabarhub

कान्ति बाल अस्पतालले ब्लड बैंक सेवा पुनः सञ्चालनमा ल्याउँदै


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्ति बाल अस्पतालले ब्लड बैंक सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ । राउन्ड टेबल नेपालको सहकार्यमा कान्तिले ब्लड बैंक सेवालाई पुनः सञ्चालनमा ल्याउने भएको हो ।

राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच ब्लड बैंक सञ्चालनमा ल्याउने विषयमा सम्झौता भएको हो। उक्त सम्झैता अनुरुप राउन्ड टेबलले ६ जना स्वयसेवकलाई लाग्ने खर्च ब्यहोर्ने उल्लेख गरेको छ ।

रगतको सहज उपलब्धताका लागि ब्लडबैंक सञ्चालनमा ल्याउन लागिएको अस्पतालले जनाएको छ । यस कार्यले अस्पतालमा सेवा लिन आउने लाखौं बच्चाहरुकाको हित हुने बिश्वास लिइएको छ।

राउन्ड टेबल नेपालले अस्पतलाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ।

राउन्ड टेबल नेपालले बाल बालिकाहरुको बृहत्तर हित, गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : २४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा