आर्मीको जीत ‘कर्णेल साब’लाई जन्मदिनको उपहारः प्रशिक्षक न्यौपाने « Khabarhub

आर्मीको जीत ‘कर्णेल साब’लाई जन्मदिनको उपहारः प्रशिक्षक न्यौपाने


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ जीतसहित शीर्ष स्थानमा पुगेको त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले जीत क्लबका कर्णेल शशीकिरण रायमाझीलाई जन्मदिनको उपहार भएको बताएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

मुख्य प्रशिक्षक न्यौपानेले आफ्नो जीत क्लबका खेलकुद प्रमुख कर्णेल राजमाझीलाई सुम्पिएको खेलपछिको पत्रकार भेटघाटमा भने ।

च्यासलसँगको खेल महत्वपूर्ण रहेको उल्लेख गरेका न्यौपानेले शीर्ष स्थानमा टिकिरहन झन चुनौती बढेको बताएका छन् ।

‘हाम्रो आजको खेलमा खेलाडीहरुले राम्रो खेले । आज हाम्रो खेलकुद प्रमुख ‘कर साब’ को जन्मदिन परेको छ । यो जीत उहाँलाई जन्मदिनको उपहार सुम्पिन चहान्छु,’ न्यौपानेले भने ।

लिगको सातौं चरणमा बलियो मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दा जम्मा १३ अंक बनाउँदा अर्को टोली मछिन्द्र क्लब हिमालयन शेर्पासँग पराजित हुँदा छैठौं चरणदेखि नेतृत्व गरिरहेको आर्मी अहिलेसम्मको खेल तालिकामा सबैभन्दा ३ अंकको अग्रता बनाउने पहिलो टोली बनेको छ ।

च्यासलबिरुद्धको खेलमा आर्मीले पहिलो हाफमा राम्रो खेल्न नसकेपनि दोस्रो हाफमा लय समातेको प्रशिक्षक न्यौपानेले बताए ।

‘पहिलो हाफमा अलि राम्रो भएन । आजको मौसम पनि राम्रो भएन । त्यसैले पनि होला शुरुमा आफ्नो खेल देखिएन तर, दोस्रो हाफमा भरतले राम्रो गोल गरेपछि टीम खेलमा फर्किएको थियो,’ न्यौपानले भने,‘हामी शीर्ष स्थानमा यथावत रहने लक्ष्यसहित आएका थियौं । त्यो पुरा भएको छ ।’

च्यासल अहिले ६ अंकसहित लिगको १२ औं स्थानमा छ ।

शुरुवाती खेलमा राम्रो लय समातेको च्यासलले पछिल्ला खेलमा नतिजा हात पार्न सकेको छैन । प्रशिक्षक बालगोपाल साहुखलले पनि अबको टोलीको पहिलो लक्ष्य जीत हात पार्ने रहेको बताए ।

‘हामीले जीत निकाल्न सकेका छैनौं । जति बढी खेल हुँदै गए त्यति नै नतिजा विग्रदो अवस्थामा छ । त्यसैले हाम्रो पहिलो लक्ष्य जीत हात पार्ने हो,’ प्रशिक्षक साहुखलले भने,‘टिममा ‘सेटअप’मा समस्या छ । खेलाडीहरुबीच कमिटमेन्ट नै छैन ।’

प्रशिक्षक साहुखलले लगातार कमजोर नतिजा हात पर्दा खेलाडीहरुबीच टिममा समन्वय हुन नसकेको बताएका छन् ।
‘खेलाडीहरु सेटअप अनुसार नखेलेर आफ्नै तरिकाले खेल्दा समस्या भइरहेको छ ।

आर्मीबिरुद्धको खेलमा दोस्रो हाफमा राम्रो भएन । फुटबल ‘टिम गेम’ हो । समन्वय नभए आर्मी जस्तो टोलीसँग खेल्दा समस्या हुन्छ,’ साहुखलले भने,‘ ९० मिनेटसम्म राम्रो खेल्न सकेन भने खेलमा फ्रस्टेट हुने गर्छ ।’

च्यासलका लागि अबको विकल्प अंक तालिकामा रेलिगेसनबाट जोगिन खेल्नु पर्ने अवस्था रहेको उनले बताए । ‘जबसम्म खेल जित्दैनौं । तबसम्म यो त्यो भन्नुको अर्थ छैन । हरेक खेल ‘भाइटल’ छ,’ साहुखलले भने ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : ४८ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय