लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा भट्टराई मनोनित « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा भट्टराई मनोनित


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ५ सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा सूर्यबहादुर भट्टराईलाई मनोनित गरेको छ ।

बुटवलमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पाल्पाको मदनपोखरा स्थायी घर भई हाल बुटवल निवासी भट्टराईलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गरेका ५५ वर्षीय भट्टराई २०५९ सालमा पश्चिम नेपाल बस व्यवसायी सङ्घको अध्यक्ष भएका थिए । पछिल्लो समय रम्भादेवी कलेज अफ मेडिकल साइन्सेजमा अध्यक्षका रुपमा रहेका भट्टराई सामाजिक क्षेत्रमा क्रियाशील छन् । बैठकले सदस्यमा रिज्जु श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै आजको बैठकले रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए । बैठकले आगामी फागुनमा दाङमा हुने प्रदेश एक्स्पो गर्न रु ५० लाख बजेट विनियोजन गरिएको र एक्स्पोको संयोजनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेशसभाका प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गरी उनलाई प्रदेशस्तरको सम्मान प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको हो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ८ : ४५ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो