खाली पेटमा मन तातो पानी पिउँदाका फाइदै फाइदा « Khabarhub

खाली पेटमा मन तातो पानी पिउँदाका फाइदै फाइदा


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्यतयाः मानिसहरु विहान उठ्ने वित्तिकै कफि वा चियाबाट दिनको सुरुवात गर्छन ।

एक त ढिला उठ्ने त्यसमाथी खाली पेटमा नै चिया वा कफिको सेवन बिष सरह हुन सक्छ ।

ढिलो उठाई, कसरतरहित जीवन र अमिल्दो खानपान आयु घटाउने कारण पनि सक्छ । यो बेला तपाईले आफ्नो जीवन शैलीलाई बदल्न सके असामान्य फाइदा हासिल गर्न सक्नुहुन्छ ।

उमेर र तौल अनुसार दैनिक औषतमा ३ लिटर पानी पिउनु जरुरी छ ।  अझ बिहान उठ्ने वित्तिकै मन तातो पानीबाट सुरुवात गर्न सके तपाईको जीवन शैली नै पनि यसले परिवर्तन गरिदिन सक्छ ।

विभिन्न खोज तथा अध्ययनहरुलाई आधार बनाउँदै चिकित्सकहरुले खाली पेटमा मन तातो पानी पिउँदाका फाइदालाई निम्नानुसार सुझाएक छन :

  • पाचन प्रणालीमा सुधार ।
  • दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ ।
  • अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ ।
  • मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।
  • मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।
  • नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।
  • नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।
  • दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।
  • मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।
  • नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ६ : ०७ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका