महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न पाँच स्थानबाट लाइनको व्यवस्था « Khabarhub

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न पाँच स्थानबाट लाइनको व्यवस्था


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार महाशिवरात्रि पर्व मनाइँदैछ । महाशिवरात्रिमा लाखौंको संख्यामा पशुपतिनाथको दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ ।

यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले जनाए अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समिति गठन गरेको छ ।

यसैगरी सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : २७ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी