महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापनको तयारी (रुटसहित) « Khabarhub

महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापनको तयारी (रुटसहित)


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापनको तयारी पूरा गरेको जनाएको छ ।

महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध तवरले ट्राफिक व्यवस्थापनको तयारी गरेको जनाएको हो ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार एयरपोर्ट हुदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति बिकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको छ ।

महाशाखा प्रमुखले शिवरात्रि पर्वको अवधिभर भक्तजनहरुलाई सरल एवं सहज रुपमा आवागमनको व्यवस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि समेत गरिने जानकारी दिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुविधालाई मध्येनजर गर्दै गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केही समयको लागी बैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यवस्था मिलाइने बताए ।

त्यसैगरी तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यबस्था मिलाइएको छ ।

एयरपोर्ट जाने पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरुको आवागमनमा केहि प्रभावित हुन सक्ने हुनाले गन्तव्यका लागि समयमै निस्कने, वैकल्पिक सडकको प्रयोग गर्ने र सडकको अवस्थाबारे मेट्रो ट्राफिक एफएमले समेत जानकारी दिने उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ७ : ०३ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको