दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ बर्ष जेल सजाय « Khabarhub

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ बर्ष जेल सजाय


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ-बाकलाई भ्रष्टाचार मुद्दामा १७ वर्ष जेल सजाय सुनाइएको छ ।

ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन माग दाबी गर्दै दायर मुद्दालाई पुनरावेदन अदालतले यसअघिकै निर्णय सदर गरिदिएपछि म्यूङ-बाकले १७ बर्षको जेल सजाय नै पाउने भएका छन ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो। उनलाई त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो।

तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो। सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतभन्दा बढी सजाय सुनाएको हो।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएको आरोप लाग्दै आएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ७ : २६ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर