भ्यालेन्सियामाथि एट्लान्टाको फराकिलो जीत « Khabarhub

भ्यालेन्सियामाथि एट्लान्टाको फराकिलो जीत


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लान्टाले भ्यालेन्सीयामाथि जीत हात पारेको छ ।

इटालीमा भएको खेलमा एट्लान्टाको भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गर्यो । एट्लान्टाका लागि हान्स हाटेवोइरले दुई गोल गरे भने जोसेप इलिकिक र रेमो फ्रेउलारले समान एक–एक गोल गरे ।

हाटेवोइरले भ्यालेन्सीयाविरुद्ध खेलको १६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इलिकिकले ४२ औं मिनेटमा एट्लान्टाका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा टीमलाई २–० गोल अन्तरको अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा फ्रेउलारले गोल गर्दै टीमलाई ३–० गोलको अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि एट्लान्टाविरुद्ध खेलको ६६ औं मिनेटमा भ्यालेन्सीयाका डेनिस चेरिसेभले एक गोल फर्काएका थिए ।

३–१ गोलका अवस्थामा रहँदा एट्लान्टाका लागि होटेवोइरले व्यक्तिगत दोस्रो तथा टिमका लागि निर्णायक गोल गरेका थिए । एट्लान्टा र भ्यालेन्सियाले दोस्रो लेगको खेल १० मार्चमा हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ८ : ५५ बजे

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका