भ्यालेन्सियामाथि एट्लान्टाको फराकिलो जीत | Khabarhub Khabarhub

भ्यालेन्सियामाथि एट्लान्टाको फराकिलो जीत


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लान्टाले भ्यालेन्सीयामाथि जीत हात पारेको छ ।

इटालीमा भएको खेलमा एट्लान्टाको भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गर्यो । एट्लान्टाका लागि हान्स हाटेवोइरले दुई गोल गरे भने जोसेप इलिकिक र रेमो फ्रेउलारले समान एक–एक गोल गरे ।

हाटेवोइरले भ्यालेन्सीयाविरुद्ध खेलको १६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इलिकिकले ४२ औं मिनेटमा एट्लान्टाका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा टीमलाई २–० गोल अन्तरको अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा फ्रेउलारले गोल गर्दै टीमलाई ३–० गोलको अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि एट्लान्टाविरुद्ध खेलको ६६ औं मिनेटमा भ्यालेन्सीयाका डेनिस चेरिसेभले एक गोल फर्काएका थिए ।

३–१ गोलका अवस्थामा रहँदा एट्लान्टाका लागि होटेवोइरले व्यक्तिगत दोस्रो तथा टिमका लागि निर्णायक गोल गरेका थिए । एट्लान्टा र भ्यालेन्सियाले दोस्रो लेगको खेल १० मार्चमा हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ८ : ५५ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका