अडियो प्रकरणबारे मन्त्री बाँस्कोटाको प्रतिक्रियाः आरोप प्रमाणित भए सजाय भोग्न तयार छु « Khabarhub

अडियो प्रकरणबारे मन्त्री बाँस्कोटाको प्रतिक्रियाः आरोप प्रमाणित भए सजाय भोग्न तयार छु


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा कमिसन डिल गरेको अडियो टेप सार्वजनिक भएपछि प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटाले विहीवार(आज) विहान बेलडाँडी गाउँपालिकामा आयोजना भएको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सार्वजनिक भएको अडियो प्रकरण बारे प्रतिक्रिया दिएका हुन् ।

‘मेरो बारेमा चर्चा चलेको छ’ उनले भने,‘अहिले यसबोरमा भन्दिन, काठमाडौं पुगेर आफ्नो धारणा राख्नेछु ।’

उनले आफूले गलत गरेको भए सजाय‍ भोग्न तयार रहेको बताए । ‘व्यक्तिका लागि पार्टी जाने कुरा हुँदैन । जसले गल्ती गरेको हो त्यो जान्छ’ उनले भने ‘आत्तिनु पर्दैन । मैले गल्ती गरेको भए म जाउँला ।’

वामपन्थी सरकारलाई बदनाम गर्न भन्दै केही चौविसै घन्टा लागिरहेको र अडियो प्रकरण पनि त्यसैको निरन्तरता भएको उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ११ : ३१ बजे

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका

भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै

काठमाडौँ –  झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने

प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा रंगकर्मीहरूको रिट

काठमाडौँ – नाट्यकर्मीहरूको एक समूह सरकारविरुद्ध आन्दोलित भएको छ ।

कराते महासङ्घको अध्यक्षमा दोहोरिए लामा

भरतपुर – नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा