राजीनामा गराउन प्रचण्डको सुझाव, ओलीले बाँस्कोटालाई बालुवाटार बोलाए « Khabarhub

राजीनामा गराउन प्रचण्डको सुझाव, ओलीले बाँस्कोटालाई बालुवाटार बोलाए


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि उनलाई राजीनामा गराउन नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।

विहीवार(आज) विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डले कमिसन माग गरिएको अडियो सार्वजनिक भएका कारण मन्त्री बाँस्कोटालाई राजनीनामा गराउन ओलीलाई सुझाव दिएका हुन् ।

प्रचण्ड निकट स्रोतले भन्यो,‘मन्त्रीलाई राख्ने वा हटाउने अधिकार प्रधानमन्त्रीको हो तर विवादमा तानिएका कारण गोकुलजीलाई राजीनामा गर्न लगाउँदा उपयुक्त हुने सुझाव अध्यक्ष प्रचण्डले दिनुभएको छ ।’

प्रचण्डसँगको भेटसँगै प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई पनि बालुवाटार बोलाएका छन् ।

कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटालाई सोझै बालुवाटार आउन प्रधानमन्त्रीले निर्देशन दिएको बालुवाटार निकट स्रोतको भनाइ छ ।

‘अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्रीज्यूले मन्त्री बाँस्कोटाका कुरा पनि सुन्नुहुनेछ, प्रधानमन्त्रीसँगको छलफलपछि उहाँको निर्देशन अनुसार मन्त्री अघि बढ्नुहुनेछ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १ : ०८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,