राजीनामा गराउन प्रचण्डको सुझाव, ओलीले बाँस्कोटालाई बालुवाटार बोलाए | Khabarhub Khabarhub

राजीनामा गराउन प्रचण्डको सुझाव, ओलीले बाँस्कोटालाई बालुवाटार बोलाए


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि उनलाई राजीनामा गराउन नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।

विहीवार(आज) विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डले कमिसन माग गरिएको अडियो सार्वजनिक भएका कारण मन्त्री बाँस्कोटालाई राजनीनामा गराउन ओलीलाई सुझाव दिएका हुन् ।

प्रचण्ड निकट स्रोतले भन्यो,‘मन्त्रीलाई राख्ने वा हटाउने अधिकार प्रधानमन्त्रीको हो तर विवादमा तानिएका कारण गोकुलजीलाई राजीनामा गर्न लगाउँदा उपयुक्त हुने सुझाव अध्यक्ष प्रचण्डले दिनुभएको छ ।’

प्रचण्डसँगको भेटसँगै प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई पनि बालुवाटार बोलाएका छन् ।

कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटालाई सोझै बालुवाटार आउन प्रधानमन्त्रीले निर्देशन दिएको बालुवाटार निकट स्रोतको भनाइ छ ।

‘अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्रीज्यूले मन्त्री बाँस्कोटाका कुरा पनि सुन्नुहुनेछ, प्रधानमन्त्रीसँगको छलफलपछि उहाँको निर्देशन अनुसार मन्त्री अघि बढ्नुहुनेछ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ०८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’