सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध « Khabarhub

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग गरिएको कमिसन बारेको कुराकानीको अडियो सार्वजनिक भएको भन्दै कांग्रेसले त्यसको छानवीनको माग गर्दै सदन अवरुद्ध गरेको हो ।

कांग्रेस सांसद जितेन्द्र नारायण देवले तीन वटा मागलाई अघि सार्दै सदन चल्न नदिने बताए ।

‘सञ्चारमन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ, यो घटनाको बारेमा तुरुन्त दुधको दुध पानीको पानी हुनेगरि छानवीन समिति हुनुपर्छ र यो घटना के हो ? अडियोको रुपमा आएपछि प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ ’ सांसद देवले संसदमा भने,‘यसपछि मात्र सदन अघि बढ्छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १ : २४ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको