असान्जलाई माफी दिनेबारे ट्रम्पले गरेका थिए यस्तो प्रस्ताव « Khabarhub

असान्जलाई माफी दिनेबारे ट्रम्पले गरेका थिए यस्तो प्रस्ताव


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– विकिलिक्सका संस्थापक जुलियन असान्जले डेमोक्र्याटिक पार्टीको इमेल रुसबाट प्राप्त नगरेको स्वीकार गरे माफी दिन सकिने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको खुलासा भएको छ ।

सन् २०१६ मा डेमोक्र्याटिक पार्टीको इमेल असान्जले स्थापना गरेको विकिलिक्सले लिक गरेको थियो । र ती इमेल रुसबाट विकिलिक्सले प्राप्त गरेको आरोप लाग्दै आएको थियो ।

बेलायतको वेष्टमिनिष्टर अदालतमा भएको सुनुवाईका क्रममा असान्जका वकिलले साक्षीलाई उद्धृत गर्दै सन् २०१७ मा तत्कालिन अमेरिकी हाउस रिप्रजेन्टेटिभ डाना ररबकारले लण्डनस्थित इक्वेडोरको राजदूतावासमा रहेका असान्जसमक्ष ट्रम्पको यस्तो प्रस्ताव लिएर आएको खुलासा गरेका हुन् ।

असान्जले माफी पाउनका लागि सन् २०१६ मा चुहाएका इमेल रुसबाट प्राप्त नगरेको स्वीकार गर्नुपर्ने शर्त राखिएको जनाइएको छ ।

यद्यपि यस्तो आरोपको ह्वाइट हाउस र पूर्व हाउस रिप्रेजेन्टेटिभ ररबकारले अस्वीकार गरेका छन् ।

अमेरिकामा विभिन्न अभियोग लागेका असान्जालाई त्यसतर्फ सुपुर्दगी गर्ने विषयमा निर्णयका लागि बेलायतमा उनको सुनुवाई हुँदैछ ।
विकिलिक्सले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका बेला डेमोक्र्याटिक पार्टी र पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनको छवि बिगार्ने इमेल सार्वजनिक गरेपछि सनसनी मच्चिएको थियो ।

निर्वाचनमा इमेल चुहाएर रुसले डोनाल्ड ट्रम्पलाई जिताएको भनी अमेरिकी गुप्तचर निकायले निष्कर्ष निकालेका छन् । यद्यपि यसबारे विस्तृत अनुसन्धान गरेका अमेरिकी न्याय मन्त्रालयको विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले रुसले ट्रम्पलाई जिताएको भन्ने निष्कर्ष भने निकालेका थिएनन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ४ : ०० बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक