बाँस्कोटासँगै काठमाडौं उत्रिएका गायक खरेलले भने– उहाँ ‘कुल’ हुनुहुन्थ्यो, हाँसिरहनु भएको थियो « Khabarhub

बाँस्कोटासँगै काठमाडौं उत्रिएका गायक खरेलले भने– उहाँ ‘कुल’ हुनुहुन्थ्यो, हाँसिरहनु भएको थियो


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रमोद खरेल डोटीको दिपायलमा भएको प्रादेशिक महोत्सवमा सहभागी भएर आज(विहीवार) काठमाडौं फर्कंदै थिए ।

उनी काठमाडौं आउनका लागि धनगढी विमानस्थल पुगे ।

विमानस्थलमा उडानको प्रतिक्षामा रहेका खरेलले विमानले उडान भर्नु भन्दा केही बेर अघि मात्र विमानस्थलमा प्रवेश गरेका सञ्चार तथा सूचना मन्त्री (निवर्तमान) गोकुल बाँस्कोटालाई देखे ।

सामाजिक सञ्जालमा सक्रिय रहने खरेलले मन्त्री बाँस्कोटालाई केही बेर नियाले ।

मन्त्री आएपछि नियाल्नु स्वभाविकै थियो ।

तर बाँस्कोटामाथि खरेलको आज (बिहीबार)को ‘नजर’ भने फरक थियो । कारण बुधवार रातिदेखिनै मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेको मन्त्री बाँस्कोटाले ७० करोड कमिसन माग गरेको काण्ड ।

गायक खरेल र मन्त्री बाँस्कोटा एउटै विमानमा काठमाडौं आए । ‘हामी एउटै विमानमा काठमाडौं आएका हौं’ खरेलले खबरहबसँगको कुराकानीमा भने ।

धनगढी विमानस्थलमा खरेलले मन्त्री गोकुल बाँस्कोटालाई देख्दा उनी ‘कुल’ थिए । उनको भावमा कुनै दबाव थिएन । अरु बेलाजस्तै सामान्य अवस्था र हँसिलो मुद्रामा थिए मन्त्री बाँस्कोटा । ‘हामीभन्दा केही ढिला विमानस्थल आउनुभएको थियो, म आफ्नै हिसाबले अलि पहिले नै पुगिसकेको थिएँ,’ प्रमोदले भने ।

मन्त्री बाँस्कोटाको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको थियो भने उनलाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दललेसमेत माग गरिसकेको थियो । त्यसका कारण बाँस्कोटाको अनुहारमा तनावको अवस्था देखियो होला भन्ने प्रश्नमा गायक खरेलले भने, ‘उहाँमा नेचुरल भाव नै थियो, हाँसीरहनु भएको थियो त्यस्तो फरक केही पाइएन ।’

बाँस्कोटा र प्रमोद त्रिभुवन विमानस्थलमा विमानबाट पनि एकसाथ बाहिरिए । प्रमोद साधारण व्यक्ति आउने बाटोबाट बाहिरिए भने बाँस्कोटा भीआईपी मार्ग तिर छिरे । ‘म अझै घर पुगेको छैन, बसमा छु, उहाँ त पुगेर पनि राजीनामा दिन भ्याउनुभएछ,’ यो खबर तयार पार्दाको क्रममा भएको टेलिफोनवार्तामा खरेलले हाँस्दै सुनाए ।

मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ४ : ५२ बजे

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा

भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’

टक्सार– यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट

महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए

जलेश्वर – महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् ।

विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको