बाँस्कोटाको राजीनामा पछि दुईवटा मन्त्रालय मन्त्री विहीन « Khabarhub

बाँस्कोटाको राजीनामा पछि दुईवटा मन्त्रालय मन्त्री विहीन


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् ।

आफूले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्,‘ मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’

उनले राजीनामा दिएको बारे प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले अनौपचारीक जानकारी आएको जनाइसकेका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा गरिएको ७० करोड रुपैयाँ कमिसनको डिलको अडियो बुधवार राति सार्वजनिक भएको थियो ।

दुई मन्त्रालय खालि

बाँस्कोटाले राजीनामा दिएसँगै दुई मन्त्रालय मन्त्री विहीन बनेका छन् ।

बाँस्कोटाले सञ्चारसहित सहरी विकास मन्त्रालय पनि सम्हालिरहेका थिए ।

गत पुस २५ गतेबाट बाँस्कोटाले सहरी विकास मन्त्रालय पनि सम्हालेका थिए । सहरी विकास राज्य मन्त्री रामवीर मानन्धर रहेका छन् ।

समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै खाली रहेको सहरी विकास मन्त्रीको जिम्मेवारी बाँस्कोटाले पाएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : २३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले