धुर्मुस सुन्तलीले बनाइरहेको रंगशालालाई सन्दिपले गरे १ लाख ४१ हजार सहयोग « Khabarhub

धुर्मुस सुन्तलीले बनाइरहेको रंगशालालाई सन्दिपले गरे १ लाख ४१ हजार सहयोग


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेग स्पिनर सन्दीप लामिछानेले निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयोग गरेका छन् ।

चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीप र उनका एजेण्टले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सन्दिपले आफूले घोषणा गरेको रकम धुर्मुस-सुन्तलीलाई हस्तान्तरण गरे। सन्दीपले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित लिएको ८ विकेट बराबरको रकम प्रदान गरेका हुन् ।

सन्दिपले आफ्नोतर्फबाट ७० हजार ७ सय ४ रुपैँया दिएका छन् भने उनका एजेन्ट तल्हा इसामले पनि त्यति नै रकम थप्दै सहयोग गरेका हुन्।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ५ : ३१ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच