कमिसन प्रकरणपछि सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा « Khabarhub

कमिसन प्रकरणपछि सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन लेनदेनको विषयमा गरेको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि थप अनुसन्धानका लागि सञ्चार मन्त्रालयका काजगात नियन्त्रणमा लिएको छ ।

सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा कमिसन मागेको भन्दै पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियारले कागजातहरू नियन्त्रणमा लिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अख्तियाको टोलीले सेक्युरिटी प्रेस खरिद प्रक्रियासम्बन्धी कागजात नियन्त्रणमा लिएको जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान अगाडि बढाउन माग गर्दै संसद अवरोध गरेको थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : २५ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले