विस्केट जात्रा शान्तिपूर्ण बनाउन कार्यदल « Khabarhub

विस्केट जात्रा शान्तिपूर्ण बनाउन कार्यदल


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- ‘कोभिड–१९’ सङ्क्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा शान्तिपूर्णरुपमा सञ्चालन गरिने भएको छ ।

हजारौँ मानिसको भिडमा हुने बिस्केटजात्रा व्यवस्थित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले विहीबार आयोजना गरेको छलफलमा जात्रालाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वडा नं–४ का वडाध्यक्ष, वडा नं–५ का वडाध्यक्ष, जिल्लाका सुरक्षा निकाय प्रमुख, भक्तपुर विद्युत् प्राधिकरणका प्रमुख, भक्तपुर दुरसञ्चार कार्यालयका प्रमुख, खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख, भैरवनाथजात्रा सहयोग समिति र भैरवनाथ गुठी नाइके सदस्य रहनेगरी कार्यदल गठन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीले स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा बिस्केटजात्रा व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निकै चुनौती रहेको बताउँदै यो जटिल परिस्थितिमा पनि भक्तपुर नगरपालिकलो ऐतिहासिक र पुरातात्विकजात्रा शान्तिपूर्णरुपमा सञ्चालन गर्न तथा कोरोना सङ्क्रमणबाट सजग बनाउने अभियान चलाउने बताए ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको त्रासले गर्दा यसवर्ष बिस्केटजात्रा चुनौतीपूर्ण हुने बताउँदै ऐतिहासिक महत्वको जात्रा सञ्चालन जनगुनासोरहित ढङ्गले सम्पन्न गराउन गुठी संस्थान भक्तपुरलाई निर्देशन दिने बताइन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले कोभिड–१९ भयावह बन्दै गएको र नियन्त्रण गर्न चुनौतीपूर्ण भइरहेको बताउँदै जात्राको समयमा उच्च सतर्कता अपनाउन नागरिकहरुमा अपिल गर्नुपर्नेमा जोड दिए ।

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले साविकबमोजिम रथ निर्माणको काम भइरहेको र संस्थानबाट गर्नुपर्ने काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ०६ बजे

शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने

चितवन– रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको

तरकारी र फलफूलको मूल्य आज कति ?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध सुनुवाइ जारी

काठमाडौँ – सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव

कञ्चनपुरमा एक युवा मृत फेला

कञ्चनपुर – जिल्लाको पुनर्वास नगरपालिका–११ मा एक युवा मृत फेला

राप्रपाको कार्यसम्पादन समिति बैठक भोलि

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समिति बैठक बोलाएको