आजको मौसम : बदलीसहित चट्याङ र वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : बदलीसहित चट्याङ र वर्षाको सम्भावना


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०७ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।अपरान्ह पछि पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ।बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।

चैत्र ०८ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू-भागका थोेेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०९ गते (आइतबार)

दिउँसोः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा र पश्चिमी पहाडी भू-भागका थोेरै स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ०७ बजे

उत्तर कोरियाको आणविक दौड तीव्र, नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक

काठमाडौं– उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने

कालिमाटी-कुलेश्वर करिडोर विस्तारसँगै भीममुक्तेश्वर क्षेत्रको आवतजावत सहज (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–१३ अन्तर्गतको भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ

लेबनान–इजरायल युद्धविराम घोषणा

एजेन्सी– अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

काँक्रेविहार– सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २०

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति

जुम्ला– जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको