आज गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवस « Khabarhub

आज गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवस


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वर्गीय नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज १०औं स्मृति दिवस । दिवसको अवसरमा विराटनगरमा स्मृति दिवसको कार्यक्रममा सहभागी हुन कांग्रेस नेतृ  तथा कोइराला पुत्रि सुजाता कोइराला बिहानै विराटनगर गएकी छन् ।

कोरोना भाइरसको सन्त्रासका कारण नेपाली कांग्रेसले भने यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छैन् ।

६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका कोइराला पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

राणा शासनको विरोध गरेको आरोपमा उनका पिता कृष्णप्रसाद कोइराला देश निकाला भएपछि कोइराला परिवार भारतमा बस्दै आएको समयमा गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते बिहारको सहरसा जिल्लामा भएको थियो।

वि.सं. २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरी राजनीति शुरु गरेका थिए । राणा शासन र पञ्चायतविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनाएका कोइरालले राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व गर्दै मुलुकमा गणतन्त्र स्थापनाका लागि मुख्य भूमिका निर्वाह गरेका थिए ।

कोइरालाले युद्धरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याई बृहत शान्ति सम्झौतामा हस्ताक्षर गराउने काम गरेका थिए । उनको ८५ वर्षको उमेरमा ०६६ साल चैत ७ गते निधन भएको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ९ : २३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,