सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने « Khabarhub

सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – कोभिड–१९ अर्थात् कारोना भाइरस संक्रमणविरुद्ध उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने भएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे, जलवीरे र मेलम्चीसहित अन्य तीन स्थानमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

बाह्रविसेमा एक शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइ सकिएको र अन्य स्थानमा केही दिनभित्रै सञ्चालनमा ल्याउने उनको भनाइ थियो ।

विपद् व्यवस्थापन समिति, स्थानीय तह, गैरसरकारी संस्था लगायत सरोकारवाला निकायसँगको बहुपक्षीय र संयुक्त बैठकको छलफलपछि स्वास्थ्य कार्यालय आइसोलेसन वार्डको तयारीमा जुटेको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा बढी क्षमताका आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ ।

चापागाईँका अनुसार यास्तो वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १० : ३२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस