भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठीमा उच्च सतर्कता « Khabarhub

भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठीमा उच्च सतर्कता


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ ।

गाउँपालिकाअन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा आउने सेवाग्राहीको तापक्रम मापन गरी रेकर्ड राख्न थालिएको छ ।

सोका लागि गाउँपालिकाअन्तर्गतको सबै निकायमा आज स्यानेटाइजर र प्रचार सामग्री पठाइएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । सबै वडामा बिहीबारबाट माइकिङमार्फत कोरोनासम्बन्धी सन्देश प्रवाह गर्न शुरु गरिएको छ ।

जनस्वास्थ्य आपतकालीन व्यवस्थापन उपसमितिको बैठकले तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपाको एउटा कोठालाई सङ्क्रमण निवारण गरी दुई श्ययाको निगरानीकक्ष तयारी गर्ने निर्णय गरेको छ ।

वडा नं १ बेल्ही भन्सारमा रहेको स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।

माघ २५ गतेदेखि सञ्चालन गरिएको सहायता कक्षमा आजसम्म करिब दुई हजार ५०० जनाको परीक्षण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक मण्डलले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १० : ५९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा