भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठीमा उच्च सतर्कता « Khabarhub

भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठीमा उच्च सतर्कता


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ ।

गाउँपालिकाअन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा आउने सेवाग्राहीको तापक्रम मापन गरी रेकर्ड राख्न थालिएको छ ।

सोका लागि गाउँपालिकाअन्तर्गतको सबै निकायमा आज स्यानेटाइजर र प्रचार सामग्री पठाइएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । सबै वडामा बिहीबारबाट माइकिङमार्फत कोरोनासम्बन्धी सन्देश प्रवाह गर्न शुरु गरिएको छ ।

जनस्वास्थ्य आपतकालीन व्यवस्थापन उपसमितिको बैठकले तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपाको एउटा कोठालाई सङ्क्रमण निवारण गरी दुई श्ययाको निगरानीकक्ष तयारी गर्ने निर्णय गरेको छ ।

वडा नं १ बेल्ही भन्सारमा रहेको स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।

माघ २५ गतेदेखि सञ्चालन गरिएको सहायता कक्षमा आजसम्म करिब दुई हजार ५०० जनाको परीक्षण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक मण्डलले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १० : ५९ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन