टाइगरले भने – म भन्दा त सलमान खानको ब्रासलेट नै बढी लोकप्रिय छ « Khabarhub

टाइगरले भने – म भन्दा त सलमान खानको ब्रासलेट नै बढी लोकप्रिय छ


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कतिपय नेपाली कलाकारले एउटा फिल्म हिट भएपछि अरु कलाकारलाई चिन्न छोड्छन् । सिनियर कलाकारलाई इज्जत गर्दैनन् । त्यसैले कहिलेकाहीँ सिनियर कलाकारले नयाँ कलाकारले सम्मान नगरेको गुनासो पनि गर्ने गर्छन् ।

बलिउड अभिनेता टाइगर श्राफमा भने सफलताको भूतले अझैसम्म छुन सकेको छैन । पछिल्ला वर्ष कैयन् हिट फिल्म दिएर एक्सन स्टार बनेका टाइगर श्राफले एक अन्तर्वार्तामा आफूभन्दा बढी हिट सलमान खानको ब्रासलेट भएको बताएका छन् ।

यी डिमान्डेड बलिउड अभिनेताले सिनियर कलाकारलाई सम्मान गर्ने गर्छन् । उनी अहिले पनि उति नै विनम्र छन् । जति विनम्र बलिउडमा कदम राख्दा उनी थिए ।

हालै टाइगरलाई तुलना गरियो कि, उनले कुनै दिन सलमान खानको स्थान लिन सक्छन् ।

यो कुरालाई भने टाइगरले मजाकमा उडाएका छन् । उनले भने, ‘यदि सलमान खानको ब्रासलेटको सामाजिक सञ्जालमा पेज बनाइदियो भने पनि त्यसको फलोअर्स मेरोभन्दा धेरै हुन्छ । स्टारडम भनेको त्यो हो ।’

टाइगरले हालै अभिनय गरेको फिल्म ‘बागी ३’ ले उत्साहजनक व्यापार गरेको थियो तर पछिल्लो हप्ता भने कोरोना भाइरसको प्रभावका कारण फिल्मको व्यापारमा असर परेको छ ।

अझ नेपालमा त सबै हल बन्द गरिएका छन् । भारतमा पनि धेरैजसो फिल्म हल बन्द गरिएका छन् । स्थिति सामान्य भएपछि यो फिल्म पुन: प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ४७ बजे

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर