कोरोना भाइरसको संक्रमण रोकथामबारे नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने « Khabarhub

कोरोना भाइरसको संक्रमण रोकथामबारे नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

शुक्रबार (आज) हुने भिडियो कन्फरेन्समा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनुहुनेछ । कन्फरेन्समा नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।

चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो । अहिले चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरिरहेको छ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको छ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ३० बजे

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र