म्याग्दीमा जीप दुर्घटना हुँदा ९ जना घाइते, गम्भीर अवस्थाका दुईलाई हेलिकोप्टरबाट पोखरा लगियो « Khabarhub

म्याग्दीमा जीप दुर्घटना हुँदा ९ जना घाइते, गम्भीर अवस्थाका दुईलाई हेलिकोप्टरबाट पोखरा लगियो


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्‍दी — म्याग्दीको रघुगंगा गाउँपालिकामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

रघुगंगा गाउँपालिका–४ दग्नामको कान्छीगाउँबाट बेनीआउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दुर्घटनामा परेको हो । रोकिराखेको जिप एक्कासी गुडेर सडकबाट लत खसेको थियो ।

प्रहरीले रोकिराखेको जिपमा चढेका बालबालिकाले गियर चलाउँदा जिप दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरेको छ । प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरका अनुसार घटनजाको अनुसन्धान भइरहेको छ ।

बेनी अस्पतालमा घाइतेहरुको उपचार भरहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ४३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा