बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता | Khabarhub Khabarhub

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता शुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा २ नेताबीच केही समय अघिदेखि भेटवार्ता शुरु भएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार २ नेताबीच पार्टी एकताका बाँकी प्रक्रियाका विषयमा छलफल भइरहेको छ ।

यस्तै, कोरोना भाइरसेका महामारी, कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरिरहेका काम र सरकारका काममा पार्टी नेता तथा कार्यकर्ताले गर्न सक्ने सहयोगका विषयमा पनि २ नेताहरुबीच छलफल भइरहेको ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

२ दिन अगाडि मात्रै सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको थियो । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारका तर्फबाट भइरहेको प्रयास तथा पूर्वतयारीबारे छलफल भएको थियो ।

बुधबार बसेको नेकपा सचिवालय बैठककै सुझावका आधारमा सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्ने भन्दै माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा स्थगित गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : २० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग