अस्ट्रेलियामा ३ हजार ८०० जना चढेको पानीजहाजका केही यात्रुमा कोरोना संक्रमण देखिएपछि आपत्‌कालीन चेतावनी जारी | Khabarhub Khabarhub

अस्ट्रेलियामा ३ हजार ८०० जना चढेको पानीजहाजका केही यात्रुमा कोरोना संक्रमण देखिएपछि आपत्‌कालीन चेतावनी जारी


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया– अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोनाभाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपत्‌कालीन चेतावनी जारी गरिएको छ ।

न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन् ।

सो जहाज बिहीवार सिड्नीमा रोकिएको थियो । जहाजमा चालकदलका १,००० भन्दा धेरै मानिस सहित कूल ३,८०० जना चढेको बताइएको छ ।

सो जहाज सिड्नीमा फर्कनु अगाडि न्यूजील्यान्ड पुगेको थियो।

अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्।

“हाम्रो ठूलो चिन्ता, वास्तवमा निकै ठूलो चिन्ता भनेको सो जहाजमा कोभिड-१९ भएको जानकारी नभई झरेका यात्रुहरू हुन्,” हजार्डले बताए।

उनले दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोनाभाइरस देखिएको बताए । कोरोनाभाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ ।

पानीजहाज आउनु अगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ कारन्टीनमा बस्नुपर्ने नियम भने लागु भइसकेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : २१ बजे

मिथिलाञ्चलमा छठको रौनक (तस्बिरहरू)

सिरहा – मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट

पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलित

एजेन्सी– खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ

डेंगुको प्रकोप बढ्दै, गण्डकीका ६ जिल्लामा उच्च जोखिम

काठमाडौं– डेंगु सङ्क्रमणको प्रकोप बढ्दै जाँदा गण्डकीका ६ जिल्ला उच्च

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह

काठमाडौं– भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का

कालिजपालनबाट वार्षिक १२ लाख आमदानी

ढोरपाटन – यहाँको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि