कोरोना प्रभाव : गैँडा गणना स्थगित « Khabarhub

कोरोना प्रभाव : गैँडा गणना स्थगित


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना स्थगन गरिएको छ । शुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जमघट नहुन निर्देशन गरेसँगै तत्कालका लागि गणना कार्य स्थगन भएको जानकारी दिए ।

उनका अनुसार गैँडा गणनाका लागि १५० हाराहारी जनशक्ति एकै ठाउँमा सामेल हुनुपर्ने हुन्छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन, कुनै सभा सम्मेलन तथा गोष्ठी गर्न रोक लगाएको छ । अर्को सूचना नआउँदासम्म गैँडा गणना कार्य स्थगन भएको उनले जानकारी दिए । सरकारले कोरोनाको सङ्क्रमणको त्रास घटेर अर्को सूचना जारी गरेसँगै गणना कार्य अघि बढ्ने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सबै तयारी पूरा भएकाले कोरोनाको त्रास घटेसँगै गणना गर्न सकिने बताए । गणनाका लागि आज र भोलि तालिमसमेत राखिएको थियो । रुपाखेतीका अनुसार गणना जेठ १५ गतेसम्म गर्न नसकिए यस वर्ष सम्भव नहुने भएकाले कोरोनाको त्रास घटेसँगै गणना हुनेछ ।

विभागका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने कार्यक्रम थियो । गैँडा गणनाका लागि चैत महिना अत्यन्तै राम्रो भए पनि विशेष परिस्थितिका कारण गैँडा गणना स्थगन गर्न बाध्य भएको विभागले जनाएको छ ।

विगतका वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गैँडा गणनाका लागि विभागले रु एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो ।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ ।

सन् २०१५ को गणनापछि चोरीसिकारबाट मर्ने गैँडाको सङ्ख्या नगण्य छ । प्राकृतिक कारणले चितवन निकुञ्जमा गैँडा मर्ने क्रम बढ्दै गइरहेको छ । यस वर्ष हालसम्म २२ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : २९ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र