कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध ट्राफिक प्रहरीको विशेष अभियान « Khabarhub

कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध ट्राफिक प्रहरीको विशेष अभियान


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउन र भीडभाड कम गराउन प्लेकार्डसहित आजबाट ट्राफिक प्रहरी खटाइएको जानकारी दिए ।

सिट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न अनुरोधसहितको अभियान शुरु गरिएको ढकालले बताए । उक्त अभियानका लागि महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाका ८६ स्थानमा २०० बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकउपर दिँदै आएको सचेतना कक्ष भने स्थगन गरेको जनाएको छ । ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्र नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।

सार्वजनिक सवारीसाधनमा स्यानेटाइजर छर्केर मात्रै सञ्चालन गर्न तथा सिट क्षमताभन्दा बढी यात्रु राखेर नचलाउनसमेत चालकलाई प्रहरीले अनुरोध गरेको छ । सोअनुसार भए नभएको अनुगमनका लागिसमेत टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ४५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा