नागरिकतामा जन्म मिति सच्याउने खरिदारविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

नागरिकतामा जन्म मिति सच्याउने खरिदारविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस लिएर नागरिकतामा नाम र जन्म मिति सच्याउने जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार र लेखापढी व्यवसायीविरुद्ध ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार टेकबहादुर श्रेष्ठ र मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ को कार्यालय बाहिर लेखापढी व्यवसाय गर्ने तीर्थराज गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार लेखापढी व्यवसायी गिरीले भारतीय सेनामा कार्यरत एकजना सेवाग्राहीको भारतीय सेनामै रहेको कागजात अनुसार नेपाली नागरिकतामा नाम र जन्म मिति सच्याउन ६ लाख रुपैयाँ घुस लिएका थिए ।

गिरीले जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार श्रेष्ठसँगको मिलेमतोमा पदमबहादुर लिम्बु भनिने बमबहादुर लिम्बुको नागरिकता प्रमाणपत्रमा जन्म मिति र नाम संशोधन गरेका थिए ।

उक्त कार्यका लागि गिरीले सेवाग्राही लिम्बुबाट ६ लाख रुपैयाँ घुस लिएर खरिदार श्रेष्ठलाई १ लाख रुपैयाँ दिएका थिए ।

अख्तियारले गरेको अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालयका खरिदार श्रेष्ठले १ लाख रुपैयाँ घुस लिएको प्रमाणित भइसकेको छ ।

अख्तियारले खरिदार श्रेष्ठविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, लेखापढी व्यवसायी गिरीविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  २ : ४४ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन