कोरोनाको त्रासले अभ्यास र प्रशिक्षण नहुँदा बन्द कोठामा खेलाडी « Khabarhub

कोरोनाको त्रासले अभ्यास र प्रशिक्षण नहुँदा बन्द कोठामा खेलाडी


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड–१९) विश्वमा महामारीको रुपमा फैलिरहेको छ ।

यसको असर नेपालमा पनि परिसकेको छ । नेपाल सरकारले शिक्षण संस्था, फिल्म हल, धेरै मानिसहरु भेला हुने स्थानहरु र खेलकुद गतिविधि बन्द गर्नुका साथै २५ जना भन्दा बढी मानिसहरु भेला हुन नमिल्ने निर्णय गरिसकेको छ ।

सरकारले सबै खालका खेलकुद गतिविधीसमेत बन्द गरेको छ । कोरोनाका कारण खेलकुद गतिविधी बन्द भएसँगै निरन्तर अभ्यासमा रहनुपर्ने खेलाडीलाई दिन बिताउन मुस्किल परेको छ ।

नियमित खेलकुद गतिविधीमा सहभागी हुने खेलाडीले यतिबेला आफूहरु बन्द कोठामा दिन बिताइरहेको बताएका छन् ।

कोरोनाको त्रासकाबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डमा सम्पन्न एसीसी इस्टन रिजनमा सहभागीता जनाएको थियो ।

थाइल्यान्डबाट फर्किएपछि नेपाली टोलीका खेलाडीहरु अहिले घरमा आराम गरिरहेका छन् । कोरोनाको त्रास बढेसँगै सरकारले बाहिर नहिड्न भनिसकेपछिका दिन काट्न निकै कठिन भइरहेको राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् ।

तर, पनि मल्ल कोरोनाबाट जोगिन भीड भाडमा नहिँड्न, मास्क लगाएर घरबाट निस्किन, साबुन पानीले निमित हात धुने बानी पार्नु पर्ने बताउँछन् । उनी कोरोनाबाट अहिले नेपालमा संक्रमण देखिइनसकेको र देखिए पनि डराउनु भन्दा पनि सचेत रहन आग्रह गरेका छन् ।

अहिले एकदिवसीय क्रिकेटको अभ्यास शुरु गर्नु पर्ने बेला कोरोनाका कारण घरमा बस्नु पर्दा समस्या भइरहेको उनी बताउँछन् ।

‘सधै खेलिराख्ने मान्छे घरमा बस्नु पर्दा निकै असहज महसुस भइरहेको छ,’ मल्लले भने । क्रिकेट प्रतियोगिता भइरहँदा घर परिवारलाई समय दिन नसक्ने भएकाले अहिलेको समय परिवारलाई दिन पाएको समेत उनले बताए ।

‘क्रिकेट भइरहँदा परिवारलाई समय दिन पाइँदैन थियो । तर, अहिले घरमै बसिरहेको छु,’ मल्लले भने, ‘अहिले घरमा हुँदा अधिकाशं समय आमा, बुबा परिवार र छोरीसँगै विताउँछु ।’

नेपाली फुटबल टोलीले मार्च १ देखि फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को तयारी थालेको थियो । तर, पछि कोरोनाको प्रभाव पर्नेभन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गतिविधि बन्द गर्न भनेपछि बन्द प्रशिक्षण रद्द गरिएको थियो ।

बन्द प्रशिक्षण रोकिए पछिका दिनहरु निकै कठिन बनेको अनुभव नेपाली फुटबल टोलीका युवा मिडफिल्डर अभिषेक रिजालको छ ।

कलंकीमा रहेको घरमा आमा–बुबासँग दिन विताइरहेका उनी बिहानको समय जिम गर्नु बाहेक अन्य समय सुतेरै कटाउनु परेको बताउँछन् ।

‘आज भोलि निकै गाह्रो भइरहेको छ । बाहिर निस्कन पनि पाइँदैन,’ अभिषेकले खबरहबसँग भने, ‘बिहान र बेलुकीको समय एक्सरसाइज गर्छु । अन्य समय घरमै सुतेर बस्छु ।’

नेपाली महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारीले पनि कोरोनाको त्रासमा दिन वितिरहेको बताउँछिन् ।

शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग आवद्ध उनले अहिले नियमित अभ्यासमेत बन्द रहेकाले दैनिकी नै विग्रिएको बताउँछिन् ।

‘खेलाडी कोठामा थन्किनु पर्दा अफ्ठ्यारो भइरहेको छ । बाहिर पनि ननिस्किइ दिन विताउन परिरहेको छ,’ सावित्राले भनिन्,‘राजधानी बाहिर नजान भनेको छ । दिनभर कोठामै हुन्छु । तर, अब एक्लै एक्लै भएपनि अभ्यास गर्नुपर्छ ।’

सावित्राले खेलाडीका लागि खेल्न नपाउनु भन्दा ठूलो पीडा अरु केही नहुने बताइन् । उनले घरमा बस्ने र बाहिर हिँड्ने सबैलाई स्वास्थयमा सावधानी अपनाउन आग्रह गरिन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ०६ बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०