कनेक्ट आइपीएस ई–पेमेन्ट अब नि :शुल्क « Khabarhub

कनेक्ट आइपीएस ई–पेमेन्ट अब नि :शुल्क


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ ।

मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट÷मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आइपीएस ई–पेमेन्ट मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।

बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अन्लाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।

कनेक्ट आइपीएर ई–पेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाटरु १ लाख सम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आइपीएस को फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल/इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।

थप जानकारीका लागि www.nchl.com.np jf www.connectips.com मा हेर्नुहोस ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ४९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना