गोली प्रहारबाट घाइते भएका मोक्तानलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो « Khabarhub

गोली प्रहारबाट घाइते भएका मोक्तानलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन् ।

गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताए ।

उनका अनुसार आज बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ३१ बजे

रोकियो मालढुङ्गा–बेनी सडक निर्माण 

म्याग्दी – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन आज पनि बार धर्ना दिँदै  

काठमाडौं – नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च

जिप दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

पाठेघर र हाइड्रोशीलका बिरामीको निःशुल्क उपचार 

सिराहा – कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालले पालिकामा

आँधीखोलाको अस्तित्व सङ्कटमा

वालिङ – स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको