काठमाडौं- सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने घोषणा गरेको छ ।
देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी दिएका हुन् ।
२०७६ असोज ६ गते गृह मन्त्रालयले राजपत्रमा निकालेको सूचनाअनुसार अत्यावश्यक सेवाअन्तर्गतका १९ वटा सेवा यस्ता छन् ।
- डाँक तार वा टेलिफोन सेवा
- जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
- हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
- हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
- प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
- हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
- सञ्चार सेवा
- आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
- खानेपानीको सञ्चालन तथा वितरण सेवा
- पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
- पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
- अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
- औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
- फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
- बैंकिंङ सेवा
- बीमा सेवा
- विद्युत सेवा
- दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा ।
- मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
- राजपत्रमा रहेका यी बाहेकका अन्य सबै संस्था चैत ९ गतेदेखि बन्द गर्नुपर्ने भएको हो ।
प्रतिक्रिया