के हो ‘लकडाउन’ ? « Khabarhub

के हो ‘लकडाउन’ ?


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सार्वजनिक यातायात, विमानस्थल र अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

त्यसअघि नै सरकारले २५ जना भन्दा धेरै भेला हुन नपाउने, जिम, क्लब, सिनेमा हल, मल र धेरै मानिसहरुको जमघट हुने स्थान बन्द गर्ने घोषणा गरिसकेको छ ।

कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै चालिएको पछिल्लो कदमका कारण मुलुकमा लक डाउनको अवस्था आउने चिन्ता उत्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नेपालमा ‘लकडाउन’ भन्ने शब्द त प्रयोग गरेनन् । यद्यपि उनको सम्बोधनले नेपालमा आंशिक लक डाउन हुन सम्भावना देखिएको छ ।

अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालय बन्द हुने भनिएको छ । सम्बोधनका क्रममा उनले अत्यावश्यक सेवा दिने कार्यालयहरु भने खुला रहने जनाएका छन् ।

के हो लक डाउन ?

मानिसहरुको भीडभाड कम होस् र कोरोना भाइरसको संक्रमण तीब्र गतिमा नफैलिओस् भन्नाका लागि विश्वका विभिन्न मुलुकले लक डाउनको विकल्प अपनाएका छन् ।

कोरोना भाइरस शुरु भएको चीनको वुहान शहर र अरु महानगरमा त्यहाँको स्थानीय प्रशासनले लक डाउन गरेको थियो ।

अहिले कोरोना भाइरसको महामारीको केन्द्रविन्दु भनिएको युरोपको इटालीले पनि पूरै मुलुकमा लकडाउन गरेको छ । त्यसबाहेक फिलिपिन्सको राजधानी मनिला र त्यसआसपासका ५ करोड भन्दा धेरै मानिसहरु प्रभावित हुनेगरी लकडाउन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जनता कफ्र्यूको नाममा लकडाउनको घोषणा गरिसकेका छन् ।

लक डाउन अर्थात् तालाबन्दी भन्नाले मानिसहरुलाई बाहिर ननिस्किने वातावरण बनाउनु हो । मानिसहरुलाई घरबाहिर निस्कन नदिनु र यहीअनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिनु लक डाउनको उद्देश्य हो ।

कार्यान्वयनको आधारमा लक डाउन कति कठोर हुन्छ भन्ने निर्धारण हुन्छ । कुनै मुलुकमा लकडाउनको समयमा अत्यावश्यक क्षेत्रहरु सुचारु रुपमा सञ्चालित भइरहेका छन् । केही मुलुकमा भने लकडाउनको समयमा घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिएको घटना पनि छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : २६ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा