नक्कली आर्मी बनेर ठगी गर्ने राउत पक्राउ « Khabarhub

नक्कली आर्मी बनेर ठगी गर्ने राउत पक्राउ


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा- प्रहरीले नक्कली आर्मी बनेर लामो समयदेखि स्थानीयलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका वडा नं. ०८ बस्ने ४६ वर्षीय  राजकुमार राउतलाई  काँकरभिट्टाबाट पक्राउ गरेकाे हाे ।

उनले आफू नेपाली सेनाको मान्छे भएको र ब्यारेकमा मेसको काम गर्ने भन्दै  स्थानीय पसलेहरुलाई सस्तोमा सामान मिलाइदिने प्रलोभनमा ठगी  गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले चारआलीमा सुम्निमा पारुहाङ्ग किराना पसलका संचालक डाक बहादुर राईलाई सामान सस्तोमा मिलाइदिने भन्दै एक लाख दुई हजार ठगी गरेका थिए ।

प्रहरीले टोलीले उनलाई काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनको साथबाट नगद ५४ हजार, सिम सहितको मोवाएल थान १ र सिमकार्ड थान १ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा उनले आफ्नो नाम समेत ढाटेर फरक-फरक सिम कार्ड प्रयोग गरी ठगी गर्ने गरेको पाइएको छ ।

उनले झापाको चन्द्रगढी, चारआली,धुलावारी,बिर्तामोड, मोरङ्गको उर्लावारी, बिराटनगर र सुनसरीको धरान, ईटहरी, गोर्खा, काभ्रे लगायतका दर्जनौं स्थानहरुमा किराना पसलहरुलाई आर्मीको व्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौं मानिसहरुलाई झुक्याइ लाखौं रकम ठगी गरेको खुलेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ९ : २१ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई