कोरोना भाइरस : भारतमा ५५९ जनाको मृत्यु, १७ हजार ६ सय संक्रमित « Khabarhub

कोरोना भाइरस : भारतमा ५५९ जनाको मृत्यु, १७ हजार ६ सय संक्रमित


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो ।

भारतमा एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् । १४ हजार २०२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित छ । जहाँ हालसम्म ५ हजार ११८ जनाले ज्यान गुमाएका छन् ।

त्यसपछि चीनमा ४ हजार ६३२, टर्कीमा २ हजार १७, इन्डोनेसियामा ५८२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्यामा एसियाली मुलुकमा भारत पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ०३ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक