फ्याक्ट चेक : अमेरिकामा गर्भवती नेपाली महिला कोरोनासँग लड्दै भ्रमभित्रको वास्तविकता  « Khabarhub

फ्याक्ट चेक : अमेरिकामा गर्भवती नेपाली महिला कोरोनासँग लड्दै भ्रमभित्रको वास्तविकता 


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व अहिले कोरोनाभाइरस महामारीकाे चपेटामा छ । यो कहालीलाग्दो अवस्थामा विभिन्न मिडियाहरु तथा सामाजिक सञ्जालमा अपवाह फैलाउने भ्रामक समाचारहरु प्रकाशित भइरहेका छन् ।

यसले स्वयं व्यक्तिलाई असर पर्छ नै । पाठकमाझ पनि यसले थप अन्योलता पैदा गराइदिएको छ । जसका कारण मानिसमा त्रासदीपूर्णको अवस्थामा बनेको छ ।

कोरोनाका कारण अहिले सबैभन्दा बढी संक्रमित मुलुकमा अमेरिका देखिएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु रहेका कारण त्यहाँको अवस्थाबारे नेपालीहरुलाई चासो र चिन्ता बढ्नु स्वभाविक हो ।

हालै अमेरिकामा एक नेपाली गर्भवती महिला कोरोना संक्रमणसँग लड्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो ।  अधिकांशले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

कतिपय मिडियाहरुले यसैलाई आधार मानेर समाचार समेत प्रकाशित गरे । धेरैले सामाजिक सञ्जालमा ती महिला गर्भवती भएको र उनका लागि प्राथना गर्न आग्रह गरे ।

तर बुझ्दै जाँदा ती महिला अमेरिकामा रहेकी नेपाली नरहेको पुष्टि भएको छ । त्यतिमात्र नभएर उक्त तस्वीर हालसालैको नभएको समेत प्रमाणित भएको छ ।

सन् २०१५ मा प्रकाशित समाचारहरुमा यो तस्वीर सिंगापुरको रहको र कवालजीत कौर नामकी ती महिला सिंगापुरमा काम गर्ने विदेशी घरेलु कामदार रहेको उल्लेख छ । यो तस्वीरसहितको समाचार त्यतीबेला पञ्जाब र सिंगापुरका केही अनलाइनले प्रकाशित गरेका थिए ।

बास्तविकता के हो यो समाचार हेर्नुस् । यो समाचार सन २०१५ मा प्रकाशित भएको थियो ।

मस्टसेयरन्यूज डटकमले ती महिलाको समाचार प्रकाशित गर्दै त्यो समयमा अस्पतालमा उपचार गराइरहेको अस्पतालको रिपोर्ट समेत सार्वजनिक गरेको थियो । अस्पतालकाे रिपोर्ट यस्तो छ-

यीनै महिलाकाे तस्वीर राखेर सन २०१५ मै एसिया समाचार डट कम अनलाइनले पनि अर्को समाचार प्रकाशित गरेको छ । जुन समाचार पढ्नको लागि उक्त समाचारको शीर्षकमा क्लिक गर्नुस्- Raising funds for Singapore maid in distress

कवालजीत कौर मस्तिष्कको धमनीमा आएको समस्याका कारण अस्पतालमा भर्ना भएकी थिइन् । त्यतीबेला यो तस्वीर पोष्ट गरेर फेसबुक पेज र क्राउड फण्डबाट रकम संकलन गरिएको थियो ।

ती महिला सिंपागुरको अस्पतालमा भर्ना भएको सन् २०१५ मा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनलाई सिंगापुरको चांगी अस्पतालमा भर्ना गरिएको थियो ।

वास्तविकता थाहा नपाएर हावा जता चल्छ उतै बतासिनेहरुले सामाजिक सञ्जाल फेसबुक तथा फेसबुक ग्रुपमा पोस्ट गरेका केही तस्वीर यस्ता छन् –

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : ४७ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न