पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका « Khabarhub

पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – केन्द्र सरकारको निर्देशनानुसार चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ ।

विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेको हो ।

लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।

पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन् । अध्यक्ष गुरुङले भनिन्, ‘म केही दिन अघिदेखि निरन्तर खटिरहेको छु केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेको छु ।’

अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाएका छन् ।

गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै १०० मजदूरलाई समेत उद्धार गरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : ३४ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न