कोरोनाविरुद्धको युद्धमा सफल यी महिला नेतृत्व | Khabarhub Khabarhub

कोरोनाविरुद्धको युद्धमा सफल यी महिला नेतृत्व


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको कहर शान्त हुने लक्षण देखिइसकेको छैन । हरेक दिन कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको संख्या उकालो लाग्दो छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर १ लाख ५८ हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने २३ लाखभन्दा धेरै संक्रमित छन् । संक्रमितमध्ये झण्डै ६ लाख चाहिँ कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन् ।

अमेरिका, इटाली, स्पेन, इरान, बेलायतजस्ता देशमा कोरोना भाइरसबाट हरेक दिन सयौँको ज्यान जाने गरेको र हजारौँ जना यसबाट संक्रमित भएको समाचार आउँछ । केही मुलुकहरु भने कोरोना भाइरसको व्यवस्थापन र यसको जोखिम न्यूनीकरणका लागि उदाहरण बनेका छन् ।

पहिलो चरणमै तीव्र गतिमा कदम चालेको ताइवानले कोरोना भाइरसको महामारी निकै सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको छ ।

जर्मनीको अवस्था ताइवानजत्तिको राम्रो त छैन तैपनि कोरोना महामारी व्यवस्थापन गर्न जर्मनी युरोपका अरु मुलुकहरूभन्दा सफल देखिएको छ । जर्मनीमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त थोरै छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनबाट अत्यन्त नजिक रहेको ताइवानमा हालसम्म ६ जनाको ज्यान गएको छ भने ३९८ जनामात्र यसबाट संक्रमित छन् । ताइवानले कोरोना महामारी सफलतापूर्वक व्यवस्थापन गरेर युरोपेली युनियन र अरु मुलुकहरूलाई लाखौँ मास्क निर्यात गरिरहेको छ ।

जर्मनीको अवस्था ताइवानजत्तिको राम्रो त छैन तैपनि कोरोना महामारी व्यवस्थापन गर्न जर्मनी युरोपका अरु मुलुकहरूभन्दा सफल देखिएको छ । जर्मनीमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त थोरै छ ।

एक लाख ४२ हजार जनाभन्दा धेरै संक्रमित भएको जर्मनीमा महामारीबाट ४ हजार ४१६ जनाको ज्यान गएको छ । हरेक दिन जर्मनीले ३ लाख ५० हजार जनामा कोरोना भाइरस परीक्षण गर्दै आएको छ । यसबाट संक्रमण चाँडै पत्ता लगाउन र संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न सहज भएको छ ।

अर्को उदाहरण हो, न्युजिल्याण्ड । अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने न्युजिल्याण्डमा प्रधानमन्त्रीले छोटो समयमै निर्णायक कदमहरू चाल्दै एक महिना लामो देशव्यापी लकडाउन घोषणा गरिन् । हालसम्म कोरोना भाइरसका कारण न्युजिल्याण्डमा ११ जनाको ज्यान गएको छ भने १ हजार ४ सय जना संक्रमित छन् ।

कोरोना भाइरस व्यवस्थापनका लागि ताइवान, जर्मनी र न्युजिल्याण्डले गरेको कामको विश्वभर प्रशंसा भएको छ । यी तीन मुलुकमध्ये जर्मनी युरोपको मुटुमा अवस्थित छ भने ताइवान पूर्वी एशियामा । न्युजिल्याण्ड भने दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित छ । हेर्दा लाग्छ, यी तीन मुलुकमा कुनै समानता छैन ।

तर, यी तीनै मुलुकहरूबीच एउटा समानता छ । त्यो हो– महिला नेतृत्व ।

वर्तमान समयमा विश्व नेताहरूको ७ प्रतिशतभन्दा कममात्र हिस्सा महिलाहरूले ओगेटेको परिस्थितिमा महिलाको नेतृत्व भएका मुलुकहरूको सफलता उल्लेखनीय छ । यी मुलुकहरूमा बहुदलीय लोकतान्त्रिक व्यवस्था छ भने सरकारप्रति जनताको विश्वास पनि उत्तिकै बलियो छ ।

यी मुलुकहरूले महामारी व्यवस्थापनका लागि सुरुवाती समयमै वैज्ञानिक एवं आक्रामकरूपमा व्यावहारिक कदम चालेका कारण कोरोना भाइरस व्यवस्थापन गर्न सफल भएका हुन् । यी मुलुक तीव्र गतिमा परीक्षण, गुणस्तरीय उपचार, कन्ट्याक्ट ट्रेसिङ र सामाजिक जमघटमा लगाएको रोकको परिणमस्वरूप महामारी व्यवस्थापन गर्न सक्षम भएका हुन् ।

ताइवानको उदाहरण हेरौँ । लोकतान्त्रिक शासनपद्धति रहेको ताइवानको जनसंख्या २ करोड ४० लाख छ । चीनले ताइवानलाई आफ्नो मुलुकको सार्वभौम हिस्सा मान्दै आएको छ । ताइवानले विश्व स्वास्थ्य संगठनको सदस्यता पनि पाएको छैन । चीनको पूर्वी तटपारि रहेको ताइवान चीनबाट उत्पत्ति हुने महामारीको सबैभन्दा ठूलो जोखिममा रहने गर्छ ।

जब ताइवानी राष्ट्रपति साई इन वेङले गत वर्ष चीनको वुहान शहरमा नयाँ रहस्यमय भाइरस देखा परेको थाहा पाइन्, उनले वुहान शहरबाट आउने सबै यात्रुको परीक्षण गर्न तत्काल निर्देशन दिइन् ।

त्यसपछि उनले महामारी निर्देशन केन्द्र गठन गरी फेस मास्कजस्ता व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण उत्पदन बढाउने र चीन, हङकङ र मकाउबाट आउने जहाजमा कडाइ गर्ने कदम चालिन् ।

ताइवानले सुरुआती चरणमै यस्ता आक्रमक कदमहरु चालेका कारण त्यहाँ कोरोना भाइरसबाट संक्रमित एवं मृतकको संख्या न्यून छ । यही सफलताका कारण अमेरिकाको विदेश मन्त्रालयले ताइवानलाई विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ अन्तगर्तको विश्व स्वास्थ्य सभामा पर्यवेक्षकको भूमिका दिलाउन आह्वान गरेको छ ।

जर्मनीको उदाहरण हेरौँ । जर्मनीको जनसंख्या ८७ करोड ३० लाख छ । प्रति दश लाखमा हिसाब गर्दा जर्मनीमा कोरोना भाइरसको महामारीका कारण मृतकको संख्या अरू युरोपेली छिमेकीको तुलनामा न्यून छ ।

जर्मन चान्सलर एङ्गेला मर्केल आफैँमा क्वान्टम रसायनशास्त्रमा विद्यावारिधि हुन् । कोरोना भाइरस व्यवस्थापनमा उनको भूमिकाका कारण जर्मन जनतामाझ उनको लोकप्रियत ह्वात्तै बढेको छ ।

जर्मनीमा युरोपभरि सबैभन्दा बृहत् कोरोना भाइरस परीक्षण अभियान चलाइएको छ । त्यहाँ युरोपभरमै सबैभन्दा धेरै सघन उपचारका लागि शैयाहरु उपलब्ध छन् ।

‘जर्मनीमा सायद हाम्रो सबैभन्दा ठूलो शक्ति नै सरकारको सर्वोच्च स्तरमा युक्तिसंगत निर्णय क्षमता र सरकारप्रति जनताकोे विश्वास हो,’ हिडेलबर्ग शहरस्थित विश्वविद्यालय अस्पतालमा भाइरोलोजी विषयका प्रमुख हान्स–गियर्ग क्राउस्लिखले केही दिन अघि न्यूयोर्क टाइम्ससँग भनेका थिए ।

दक्षिण प्रशान्त क्षेत्रमा रहेको न्युजिल्याण्डको जनसंख्या केवल ५० लाख छ । न्युजिल्याण्डको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा आश्रित छ ।

त्यहाँकी प्रधानमन्त्री जसिण्डा अड्र्रेनले अत्यन्त सहासिक निर्णय लिँदै गत मार्च १९ मा विदेशी यात्रीका लागि न्युजिल्याण्ड प्रवेशमा रोक लगाइन् । मार्च २३ मा चार साताका लागि लकडाउन घोाणा गरिन् । अहिले न्युजिल्याण्डमा अत्यावश्यक बाहेकका सबै कामदारलाई किनमेल र व्यायाम गर्नबाहेक बाहिर निस्कन रोक लगाइएको छ ।

ताइवान, जर्मनी र न्युजिल्याण्डमात्र होइन, नर्डिक भनिने ५ उत्तर युरोपेली मुलुकहरूमध्ये ४ मुलुकमा सरकार महिलाले चलाइरहेका छन् । ती मुलुकहरूमा पनि कोरोना भाइरसबाट मृत्युदर अन्य युरापेली मुलुकको तुलनामा न्यून छ ।

त्यसपछि न्युजिल्याण्डमा कोरोना भाइरसको परीक्षण विस्तार गरियो । लकडाउन लम्बिन सक्ने प्रधानमन्त्री अर्डे«नले बताइसकेकी छिन् ।

‘मानव स्वास्थ्यका लागि शताब्दी यताकै सबैभन्दा ठूलो खतराको अवस्थामा न्युजिल्याण्डका नागरिकले सुस्तरी सामूहिक रक्षाको निमित्ति पर्खाल खडा गरेका छन्,’ केही दिनअघि प्रधानमन्त्री अर्ड्रेनले राष्ट्रका नाममा सम्बोधनका क्रममा भनेकी थिइन् ।

ताइवान, जर्मनी र न्युजिल्याण्डमात्र होइन, नर्डिक भनिने ५ उत्तर युरोपेली मुलुकहरूमध्ये ४ मुलुकमा सरकार महिलाले चलाइरहेका छन् । ती मुलुकहरूमा पनि कोरोना भाइरसबाट मृत्युदर अन्य युरापेली मुलुकको तुलनामा न्यून छ ।

उदाहरणका लागि फिनल्याण्डकी प्रधानमन्त्री ३४ वर्षे सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी नेता हुन् । तर, ५ करोड ५० लाख जनसंख्या रहेको फिनल्याण्डमा कोरोना भाइरसका कारण ३ हजार ६८१ जना संक्रमित छन् । मृतकको संख्या भने अत्यन्त न्यून ९० मात्र छ । कोरोना व्यवस्थापन गर्न सफल भएकै कारण त्यहाँ प्रधानमन्त्रीको लोकप्रियता ८५ प्रतिशत छ ।

कट्रिन जाकोब्सडोट्टिर केवल ३ लाख ६० हजार जनसंख्या रहेको आइसल्याण्डकी प्रधानमन्त्री हुन् । त्यहाँ अत्यन्त तीव्र गतिमा कोरोना भाइरसको परीक्षण अभियान अघि बढाइएको छ । त्यहाँ लक्षण नदेखिएका मानिसहरूका लागि पनि परीक्षण गराइएको छ ।

नर्डिक क्षेत्रमा महिला नेतृत्व नभएको एकमात्र मुलुक स्विडेन हो । स्वीडेमा प्रधानमन्त्रीका रुपमा स्टेफन लोफ्रनले सरकार चलाइरहेका छन् । उनले स्विडेनमा कोरोना महामारी व्यवस्थापन गर्न लकडाउन वा अरू कुनै कार्यक्रम नै अघि बढाउन सकेका छैनन् ।

विद्यालय एवं व्यवसायहरू खुलै छन् । यही कारण स्वीडेनमा कोरोना भाइरसका कारण मृत्युदर छिमेकी मुलुकहरूभन्दा धेरै छ ।

अरू महिला नेतृहरूले पनि कोरोना महामारी व्यवस्थापनका लागि चालेका कदमहरूका कारण प्रशंसा पाइरहेका छन् ।

क्यारेबियन सागरमा केवल ४१ हजार जनसंख्या रहेको निकै सानो भूभाग सिन्ट मार्टिनकी प्रधानमन्त्री सिल्भेरिया ज्याकोब्सले हालै सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा प्रधानमन्त्रीले नागरिकलाई दुई साताका लागि ‘हिँड्न बन्द गर्नू’ भन्ने निर्देशन दिएकी छिन् ।

अवश्य पनि दक्षिण कोरियाका (पुरुष) राष्ट्रपति मुन जाए इन महामारीको सफल व्यवस्थापन गरी प्रशंसाको पात्र बनिरहेका छन् । पुरुष नेतृत्व भएको सबै मुलुकको अवस्था दक्षिण कोरियाजस्तो छैन । केही असक्षम र विज्ञानमाथि नै प्रश्न उठाउने नेताहरू सरकारको उच्च ओहोदामा पुगेका कारण विश्वभर कोरोना भाइरसले ठूलो मानवीय क्षति निम्त्याइरहेको छ ।

अहिले कोरोना भाइरसको केन्द्रबिन्दु अमेरिका हो, जहाँ राष्ट्रपतिको पदमा डोनाल्ड ट्रम्प छन् । ट्रम्पले सुरुमा महामारीलाई राजनीतीकरण गरेको भन्दै डेमोक्रेटिक पार्टीमाथि औँला उठाएका थिए । सुरुआतमा महामारीलाई अफवाहको संज्ञा दिएका ट्रम्प वैज्ञानिकहरूको सल्लाह नमानी केही महिना चुप बसे ।

कुन मुलुकको नेता कोरोना भाइरसविरुद्धको युद्धमा सबैभन्दा सफल भएर निस्कन्छ भन्न अहिले निकै चाँडो हुनेछ । तर, विश्वका उदाहरणहरू हेर्दा भने महिलाको नेतृत्व केही हदसम्म सफल देखिएको छ ।

उनको यही असफताका कारण अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ४१ हजार जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख २८ हजार जनाभन्दा धेरै यसबाट संक्रमित छन् । कोरोना भाइरसका कारण संक्रमित र मृतकको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।

त्यसैगरी, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि सुरुमा स्वास्थ्य संकटको गम्भीरतालाई नजरअन्दाज गरे । त्यस्तै, अरू धेरै युरोपेली मुलुकहरूले लकडाउन गर्ने घोषणा गरिसक्दा पनि उनले बेलायतमा सामाजिक जमघटमा कडाइ गर्ने कदम चालेनन् । कोरोना भाइरसबाट आफैँ संक्रमित हुनुअघिसम्म उनले पत्रकारहरूलाई ‘कुनै भाइरसले आफूलाई अस्पतालमा भर्ना भएका बिमारीहरुसँग हात मिलाउन नरोक्ने’ जस्ता अभिव्यक्ति दिइरहे ।

त्यस्तै, चीनका राष्ट्रपति सी चिन फिङले पनि वुहान शहरमा लकडाउन घोषणा गर्नुअघि मात्रै ५० लाख मानिसलाई शहर छाड्न नदिएको भए कोरोना भाइरस विश्वभर यो स्तरमा फैलिने थिएन ।

कुन मुलुकको नेता कोरोना भाइरसविरुद्धको युद्धमा सबैभन्दा सफल भएर निस्कन्छ भन्न अहिले निकै चाँडो हुनेछ । तर, विश्वका उदाहरणहरू हेर्दा भने महिलाको नेतृत्व केही हदसम्म सफल देखिएको छ ।

(सीएनएनको सहयोगमा)

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : ५९ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा