सिन्धुपाल्चोकमा लकडाउन उल्लंघन गर्नेलाई तीन घण्टा कक्षा | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा लकडाउन उल्लंघन गर्नेलाई तीन घण्टा कक्षा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकमा कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन लगाइएको बन्दाबन्दी उल्लंघन गर्नेलाई डेढघण्टा सडकमा उभ्याइने गरेको छ ।

अर्को डेढघण्टा कोरोना भाइरस संक्रमणविरुद्ध जानकारी गराई सम्झाइबुझाई छाडिने गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्लामा हालसम्म लकडाउन उल्लंघन गर्नेलाई तीन हजार ३६९ जनालाई कारबाही गरिनाका साथै २४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै ४७ मोटरबाइक र एउटा यात्रु बसलाई कारबाहीसमेत गरिएको छ । त्यस्तेै तीन बलेरो जीपका चालकलाई बिनाअनुमति यात्रु ओसारपसार गरेको पाइएपछि अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

गत चैतभित्र भारतलगायत विभिन्न देशबाट घर फर्केका ३६३ जनाको विवरण सङ्कलन भइसकेको र अन्य पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : २० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति