अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सहायता गर्न ५ लाख डलरको कोष स्थापना « Khabarhub

अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सहायता गर्न ५ लाख डलरको कोष स्थापना


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया- अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सहायता उपलब्ध गराउने उदेश्यले अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट अलाइन्स ‘एका’ले ५ लाख डलरको कोष खडा गर्ने भएको छ ।

एका अस्ट्रेलियामा कार्यरत नेपाली शैक्षिक परामर्शदाताहरुको छाता संगठन हो ।

एकाले आफ्ना सदस्य कन्सलटेन्सी र क्राउड फन्डिङमार्फत कोषका लागि पैसा संकलन सुरु गरेको छ । आइतबार अनलाइन पत्रकार सम्मेलनको आयोजना गरेर एकाले आर्थिक सहायता लगायत अन्य सहयोगका बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा एकाका अध्यक्ष पिआर अधिकारीले कोरोनाका कारण संकटमा रहेका विद्यार्थीका लागि पहिलो चरणमा तत्कालै एक लाख डलर सहायता उपलब्ध गराउने जानकारी गराए ।

एकाले नेपाल र अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुलाई यो अभियानमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

सहयोग कोष निमार्णमा यथासक्य रकम संकलन गर्न र शैक्षिक संस्थाहरुसंग सहकार्य गर्न का लागि एकाले पूर्व अध्यक्ष विवेक थापाको संयोजकत्वमा समिति निमार्ण गरेको छ । एकाले शैक्षिक परामर्शका लागि विद्यार्थीले तिर्दै आएको सेवा शुल्कमा सहुलियत दिन समेत सबै सदस्य कन्सलटेन्सीलाई आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा अस्ट्रेलियामा अध्ययन र रोजगारीका लागि पुगेका नेपालीहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : ५८ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा