फ्रान्समा बस्ने मनकारी उप्रेती- विद्यार्थीलाई दिए पेरिसमा घरभाडा छुट « Khabarhub

फ्रान्समा बस्ने मनकारी उप्रेती- विद्यार्थीलाई दिए पेरिसमा घरभाडा छुट


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फ्रान्स- चितवनको पर्सा घर भइ एक दशक भन्दा बढी समयदेखि फ्रान्समा बस्दै आएका प्रशान्त उप्रेतीले कोरोनाभाइरसपछिको लकडाउनका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई सहायता गरेका छन् ।

विद्यार्थी भिसामा फ्रान्स पुगेका उप्रेतीले पेरिस सहर नजिक रहेको अपार्टमेन्टमा रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने स‌ंकटलाई मध्यनजर गर्दै भाडा छुटको घोषणा गरेका छन् । उनले कोरोना महामारी नसकुञ्जेल र रोजगारीमा नफर्कुन्जेलका लागि भाडा छुटको घोषणा गरेका हुन् ।

फ्रान्समा विद्यार्थीका लागि गरिएको भाडा छुटको यो पहिलो घटना हो । आफूले सुरु गरेको भाडा छुट अभियानमा फ्रान्सबासी अन्य अग्रजहरुले सिको गर्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

नेपाली रक्तदाता संघ फ्रान्स का संरक्षक, गैर अवशीय नेपाली संघ फ्रान्सका सल्लाहकारसमेत रहेका सामाजिक व्यक्तित्व उप्रेतिले ४० पटक भन्दा बढी रक्तदा गरिसकेका छन् भने उनले मुटुरोगीहरुलाई पटकपटक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ०७ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा