लकडाउनका बेला कुखुरा वितरण गरेको भन्दै विरोध « Khabarhub

लकडाउनका बेला कुखुरा वितरण गरेको भन्दै विरोध


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– लकडाउनको उल्लंघन गरी गाउँपालिकाले स्थानीय स्तरमा कुखुरा वितरण गरेको भन्दै बैतडीमा विरोध भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले लकडाउनको उल्लङ्घन गरेर कुखुरा वितरण गरेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको हो ।

कांग्रेसको गाउँपालिका समितिका सभापति नन्दराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका आफैँ गरेको निर्णय उल्लङ्घन गर्दै, लकडाउनको अवज्ञा गर्दै कुखुरा वितरण गरेको उल्लेख गरिएको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत वितरण गर्नु सट्टा कुखुरा वितरण गरेर लकडाउनको उल्लङ्घन गरेको कांग्रेसले आरोप लगाएको छ । यस्तै गाउँपालिकाले कार्यकर्तामुखी हिसाबले राहत वितरण गरेको र राहतमा समेत भेदभाव गरेको कांग्रेसको आरोप छ ।

लकडाउनको पूर्ण पालना गर्नका लागि सक्रिय रहनुपर्ने निकायले नै लकडाउनको उल्लङ्घन गर्नु गलत भएको कांग्रेस गाउँपालिका सभापति भट्टको भनाइ छ ।

बैतडीको दोगडाकेदार गाउँपालिकाले आइतबार विभिन्न वडामा ७०० कुखुरा वितरण गरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : १३ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित